‘विद्युतको महशुल घटाए पनि प्राधिकरणलाई मुनाफामा हुन्छ’

136 पटक पढिएको

काठमाडौं , भदौं २१ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई मुनाफामा लान सकिने बताएका छन ।

मन्त्री शाहीले विद्युतको महशुल बढाएर मात्र प्राधिकारणलाई मुनाफा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण, गुणस्तर बृद्धि, ट्रान्समिसन लाईन र ट्रान्सर्फमरको सही सदुपयोग लगायतका कार्य गरेर प्राधिकरणलाई मुनाफमा हुनसक्ने बताएका हुन ।

विद्युतको महशुल बृद्धि हुन रोकेर ठुलो सहयोग गरेको भन्दै बधाई तथा धन्यवाद दिन मन्त्रालय पुगेका उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग छलफल गर्दै मन्त्री शाहीले चुहावट नियन्त्रणको अभाव, पुरानो प्रबिधि र तारको प्रयोग, ट्रान्सफर्मरको दुरुपयोगले विद्युत प्राधिकरण घाटामा गएको टिप्पणी गरेका हुन ।
उद्योग बाणिज्य महासंघका प्रतिनिधिले उद्योग धन्दामा नियमित विद्युतको आपुर्तीमा समस्या भएको, विद्युतको गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने, लगातार विद्युत आउने र जाने गर्नाले उद्योग धन्दामा प्रयोग भएका विद्युतीय सामाग्रीमा असर पर्ने गरेको जस्ता समस्याहरु संबोधन गर्न माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री क्वार्टरको लाइन काट्ने उर्जामन्त्रीको चेतावनी