नापतौलका ३ कर्मचारी पाँच लाख घुस सहित पक्राउ

काठमाडौं, भदौ २२ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजामति सेवा दिवसकै दिन बिहीबार बिहान  भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्राउ गरेको हो ।

उनीहरुलाई भक्तपुर सल्लाघारीको एक क्याफेमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्