एकैदिन सुनको भाउ तोलामा ६ सय मूल्य बढ्याे

काठमाडौं, भदौ २३ । नेपाली बजारमा हिजो सुनको भाउ एकैदिन तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि आज ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय र तेजावी ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ छ ।

कमेन्ट गर्नुहोस्