एसिसी यु १९ एसिया कप छनाेट : थाइल्याण्डसामु नेपालकाे २८२ रनको चुनाैती

109 पटक पढिएको

काठमाडौं, भदौ २६ – १९ वर्ष मुनिको एसिसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको ओमल क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रन बनाए ।

त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए  । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एसीसी यू १९ एसिया कप : मलेसियामाथि नेपालको सानदार जीत