प्रदेश र केन्द्रको चुनावी तयारीमा माओवादी

114 पटक पढिएको

धनगढी, भदौ ३० । नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर सातका संयोजक लेखराज भट्टले प्रदेश र केन्द्रको चुनावको तयारीमा माओवादी केन्द्र लागेको बताएका छन् ।

धनगढीमा पत्रकारसंग बिहीबार कुरा गर्दै उनले प्रदेश नम्बर सातमा आफ्नो पार्टीले चुनावी तयारी तीव्र पारेको बताए । निर्वाचनको तयारी स्वरुप संगठन निर्माण, प्रशिक्षण, भेटघाटलगायतका कार्यक्रमहरु दैनिकजसो भईरहेका उनले बताए ।

स्थानीय तहको निर्वाचनमा पार्टीका कार्यकर्तालाई परिचालनमा कमजोरी भएको उल्लेख गर्दै उनले कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाईने बताए ।

प्रदेश तथा केन्द्रको चुनावमा नेपाली काँग्रेस, नेकपा एमाललगायत दलहरुसँग सहकार्यका लागि आफ्नो पार्टी तयार रहेको नेता भट्टले बताए ।

माओवादी केन्द्रले गरेका राम्रा काम जनतालाई बुझाउन नसक्नु माओवादी केन्द्रको कमजोरी भएको उनले बताए ।

असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा भएका कमजोरी सच्यायर आगामी निर्वाचनको तयारीमा आफ्नो पार्टी जुटेको उनले बताए । जिल्ला स्तरबाट स्थानीय तहको निर्वाचनका उम्मेदवार छनौट शुरु भएको पूर्वमन्त्री समेत रहेका भट्टले बताए ।

नयाँ शक्तिका ६९ जना माओवादी केन्द्रमा

नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिमका केन्द्रीय नेतासहित ६९ जना नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

बामदेव क्षेत्री, ललित सिंह ठगुन्नालगायत नयाँ शक्तिका २१ जना केन्द्रीय कार्यकारी सदस्यसहित ६९ जना हिजो बिहीबार धनगढीमा एक कार्यक्रमका बीच माओवादीमा फर्र्किएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज लेखराज भट्टले एक कार्यक्रमका बीच नव प्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पूर्व नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्यहरु ललित सिंह ठगुन्ना (दार्चुला), रविन्द्र सुनार (कञ्चनपुर), मीनराज बडु (कैलाली) र १८ जना केन्द्रीय परिषद सदस्यसहित ६९ जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रसंग धुब्रीकरण गरेको घोषणा गरेका छन् ।

केन्द्रीय परिषद सदस्यमा दलबहादुर जिसी (अछाम), लक्ष्मी जोशी (बैतडी), वीरबहादुर गौतम (कैलाली), खगराज भुषाल (कैलाली), हरिप्रसाद जोशी (कैलाली), अनिल चौधरी (कैलाली), अमर सिंह धामी (बझाङ), लौटन चौधरी (कैलाली), हर्कसिंह महरा (दार्चुला), राजेन्द्र भण्डारी (बैतडी), धनिराम ओड (बैतडी), नन्दन सिंह महरा (दार्चुला) रहेका छन् ।

सम्बन्धित् समाचार  मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरीत: निर्वाचन अायाेग

त्यस्तै कैलाली जिल्लाका केन्द्रीय परिषद अन्य सदस्यमा नरेश चौधरी, रामसमझ चौधरी, रामचरण चौधरी, लालबहादुर चौधरी, मनिराम चौधरी, सुनिता चौधरी रहेकी छिन् । धुव्रीकरण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टले स्वागत तथा बधाई ज्ञापन गरेका थिए।

यसैबीच पूर्वशक्ति नेपालका पूर्वकेन्द्रीय कार्यकारी सदस्यहरु ललित सिंह ठगुन्ना, रविन्द्र सुनार, मीनराज बडुसहितको २१ सदस्यीय धुव्रीकरण अभियान समिति बनाइएको छ । नयाँ शक्ति नेपालको राजनीतिक कार्यदिशा स्पष्ट नभएको, संघर्षवारे स्पष्ट नभएको, राजनीतिक बैचारिक र संगठनिक विधि पद्धतिमा अलमल देखिएको भन्दै आफुहरु नयाँ शक्ति नेपालमा नरहेको घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्