विमलको ‘दशैं आउँछ किन’ मार्मिक गीत सार्वजनिक

असोज ९ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा विमल गैरेले दशै गीत वजारमा ल्याएका छन् ।

अविरल फिल्म्स्को प्रस्तुतिमा तयार भएको गीतमा स्वंय विमल गैरे र सुशीला विश्वकर्माको आवाज रहेको छ भने शब्द स्वंय विमल गैरेको रहेको छ जसमा लय भने विष्णु खत्रीको रहेको छ ।

वि.सं.२०४९ साल मंसिर २ गते पाल्पा जिल्लाको कचल गाविसमा जन्मिएका गैरे यतिवेला सांगेतिक क्षेत्रमा अघि बढ्दै छन् । जन्मस्थान पाल्पा भएपनि गैरे अहिले रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा बसोबास गर्दै आएका छन् ।

विं.स.२०७२ सालमा पहिलो एल्बम स्वरुप गैरेले तीजको एल्बम ‘ए साईली’ दर्शक र स्रोताबीच ल्याएका थिए । यही एल्बमबाटै गैरेले औपचारिक सङ्गीत यात्राको थालनी गरेका थिए । विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा गीत गाएपनि गैरेले औपचारिकरुपमा एल्बम निकालेका भने थिएनन् ।

‘ए साईली’ एल्वमबाट शुरु भएको साङ्गेतिक यात्रा २०७४ साल सम्मामा चार ओटा एल्बममा परिणत भएको छ । दुई ओटा एल्वममा गैरेले शब्द सजाएका छन् भने दुईओटा एल्बममा आफैले स्वर दिएका छन् । अहिलेको लोक संगीतप्रतिको गैरेको धारणा यस्तो छ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका सदस्य समेत रहेका गैरको बुझाईमा अहिलेका लोक गीत संगीतमा विकृति देखा पर्न थालेको छ । वास्तविक लोक शब्दको अर्थ नै फरक रहेको र यस शब्दबाट रचियएका सिर्जनाहरु नितान्त मौलिक खालका हुनुपर्नेमा गैरेको धारणा छ । मौलिक खालका शब्दहरुको चाख नै लोकगीत संगीत हो । मेलापात, घाँस दाउरा, पानी पधेरो गर्दा गुनगुनाउन सकिने भाका नै लोकगीत रहेको उनको भनाई छ । आफैमा संगीत विभिन्न प्रकारका छन् । अध्ययनबाट पनि साङ्गेतिक करियर निर्माण गर्न सकिन्छ । ठुलै गायक बन्न सकिन्छ तर लोक गीत संगीतमा त्यतातिर भन्दा पनि नेपाली समाजको वास्तविक चित्रण गर्ने खालको सिर्जना हुनुपर्नेमा गायक गैरेको जोड छ ।

नेपाली लोकगीत संगीतको संरक्षण सम्र्बधनको लागि भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान खोलिएको हो । तर, जुन लक्ष्यको साथ प्रतिष्ठान खोलिएको हो त्यही अनुसार काम नभएको गायक गैरेको भनाई छ । यद्यपि पछिल्लो समयमा आउदा वास्तविक लोकगीत संगीतजस्तै गीतहरु बजारमा आउन लागेको गैरेले बताउँछन । आजैमात्रै सार्वजनिक भएको दशैं गीतमा गरिबीको कारणले विदेशिनु परेका नेपाली हरुको कथा ब्यथाहरुलाई समेटिएको छ ।

विष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा बर्सा, राजेन्द्र र नविनको अभिनय रहेको छ, अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस

कमेन्ट गर्नुहोस्