कविता: हुनेले त घरमै खसी मार हाने होलान !

हुनेले त घरमै खसी मार हाने होलान
नहुनेका बच्चाले खै चिची भने होलान !

कसैकोमा खसी ,बोका ,राँगा केके ढले
दुरदराज झुपडिले फुट्यो कर्म ठाने होलान !

बिष्टकोमा भाग उठाउदै हिड्ने दलित दाइले
खर्चिलो पर्वमा खै कसरी घर धाने होलान ?

यज्ञराज ढुगाना

तराइको आधा भुभाग दशै मुखमै डुब्छ सधै
डुबेका ती बस्तिहरुले क्यारि दशै माने होलान ?

व्यवहार धान्नै परदेशिन बाध्य लाखौ मान्छेहरु
चाडबाडमा खुसी लिइ कैले घर जाने होलान ?

एकाथरी हर्ष उल्लास खुसी साथै मनाउलान
अर्का थरी दशै ऋणले वर्षै भरी रुने होलान !!

हुनेले त घरमै खसी मार हाने होलान
नहुनेका बच्चाले खै चिची भने होलान !!😑😑
यज्ञराज ढूँगाना

हाल: मलेसिया

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आमाः प्रकाश अस्ताएको छैन
%d bloggers like this: