साझाले आधुनिक सिटीबस ल्याउने

काठमाडौं, असोज १९ । साझा यातायातले २० वटा सिटी बससहित अन्य सुविधा सम्पन्न बस ल्याउने बताएको छ । एउटा सेमी–लो फ्लोर बस र केहि संख्यामा डिलक्स बस ल्याउने भएको हो ।

१३ वटा डिलक्स बस ल्याउने योजनामा रहेको साझालाई काठमाडौं र ललितपुर महानगरपालिले उपत्यकाभित्रै सञ्चाललन गर्ने गरी सिटीबस ल्याउन सुझाव दिएपछि योजना परिवर्तन भएको साझा यातायातले जनाएको छ ।

बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिइसकेको छन । दुबै महानगरपालिकाले यो रकम साझा यातायात प्रालीमा शेयरका रुपमा लगानी गरेका हुन् ।

यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

यस्ता विषेशता हुनेछन सिटीबसमा
अब आउने सिटी बसहरु अपांगमैत्री हुनेछन् भने दुईवटा फरकिला ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।

बीचभागमा पर्याप्त स्पेशका साथमा ह्यांगरहरु राखिनेछ, यसले उभिएर यात्रा गर्दा पनि केही सहज हुनेछ ।बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!