यी १० बानी जसले बनाउन सक्छ नपुंसक, धेरै गुटखा सेवनदेखि पोर्नोसम्म

यौन उत्तेजनामा कमी पछिल्लो समयमा पढ्दै गएको समस्या हो । मनमा सेक्स गर्न मन लाग्ने तर साँच्चिकै यौनसम्पर्क गर्दा पर्याप्त उत्तेजना नहुने, शीघ्र स्खलन हुने जस्ता समस्या बढ्दै गरेको केही अनुसन्धानले देखाएका हुन्छन् ।

यौन उत्तेजनामा कमी आउने कुरामा कतिपय तत्वहरुले प्रभाव पारेका हुन्छन् । हाम्रो दैनिक जीवनमा खानपीनदेखि आनीबानीसम्मले यौन जीवनमा असर पार्ने कुरा बिभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

हामीलाई कतिपय बानी सामान्य लाग्छन्, तर तिनै बानीहरुले गम्भीर असर पारेको कुरा सोचेका समेत हुँदैनौं ।

यौन उत्तेजनामा कमी पछिल्लो समयमा पढ्दै गएको समस्या हो । मनमा सेक्स गर्न मन लाग्ने तर साँच्चिकै यौनसम्पर्क गर्दा पर्याप्त उत्तेजना नहुने, शीघ्र स्खलन हुने जस्ता समस्या बढ्दै गरेको केही अनुसन्धानले देखाएका हुन्छन् । यस्तोमा कतिपय व्यक्तिहरु ठग्ने विज्ञापनको भर पर्ने गर्छन् जसबाट उनीहरु झनै समस्यामा पर्छन् ।

के के हुन त यस्ता बानीहरु ?

१। मद्यपान र धूम्रपानः

रक्सी सेवनपछि लामो समयसम्म यौनसम्पर्क गर्न सकिन्छ भन्ने गलत धारणा हामीकहाँ रहेको पाइन्छ । जबकि यो गलत हो । रक्सी र चुरोटको सेवनको कारण नपुंसकताको समस्या जन्मिन सक्छ । खासगरी पुरुषमा यसले लिंगमा शिथिलता हुने र पछि गएर शीघ्र स्खलनको समस्या देखिन सक्छ । यसको अत्याधिक प्रयोगले महिलाको गर्भाशयमा अण्डा बन्न पनि बन्द हुन्छ र महिलाको आमा बन्ने समस्या कम हुन्छ । त्यस्तै पुरुषहरुले पनि यसको सेवन गर्दा शुक्रकिटको मात्रामा कमि आउने गर्दछ र नपुंसकताको शिकार हुन सक्छ ।

२. धेरै  साइकल चलाउनु

साइकल चलाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर घण्टौंसम्म लामो दूरीमा साइकल चलाउनेहरुमा यो समस्या देखिन सक्छ । धेरै समय साइकल चलाउँदा यौन अङ्गको भाग ज्यादा मात्रा तात्तिने र अण्डकोसमा दबाब पर्ने गर्दछ, जसले गर्दा इरेक्टाइल डिस्फेक्सन अर्थात लिंगमा कडापन हुँदैन । यसले मानिसलाई नपुंसक पनि बनाउन सक्छ ।

३. केही औषधीहरुका कारणः

एस्टेरायड्सको सेवन अधिक मात्रामा गर्दा नपुंकसकताको शिकार बन्न सकिन्छ । प्राकृतिकरुपमा शरीरको विकास भएको हुन्छ तर कतिपय मानिस जिम गएपछि चाहेको जस्तो शरीर बनाउनको लागि आफ्नो इच्छालाई दबाएर एस्टेरायड्सको सेवन गर्ने गर्दछन् । यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने यसलाई तुरुन्त बन्द गर्नुहोस् । किनकि यस्तो चीजको प्रयोगले तपाईलाई नपुंसक बनाउन सक्छ ।

४. माइक्रोवेवमा बनाएको पपकर्न खानाले

यो विषयमा अझै अनुसन्धान हुन बाँकी छ । तर कतिपयले माइक्रोवेवमा बनाएको पपकर्नमा प्रिजवेटिक्स, सोडियम र सोया प्रोटिन हुने हुँदा यसले यौन क्षमतामा असर गर्ने बताइन्छ । ह्युमन रिप्रोडक्सन जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, माइक्रोवेवमा बनेको पपकर्नको अधिक सेवन गर्नाले नपुंसकता हुने खतरा ६० प्रतिशतले बढ्छ ।

५. ज्यादा मात्रामा कफी र चियाको सेवनः

कफीमा निकोटिन हुने कुरा सबैलाई थाहा छ । कतिपय मान्छे चिया र कफिका शौखिन हुने गर्दछन् र दिनमा कैयन्पटक पनि खान तयार हुन्छन् । तरयसको ज्यादा सेवनले शुक्रकिट उत्पादन क्षमतामा ह्रास आउँछ जसको कारण नपुंसकता हुन सक्छ ।

६. पौष्टिक तत्वको कमिका कारणः

शरीरले ठीक प्रकारले काम गर्नका लागि उचित पौष्टिक तत्वको आवश्यकता पर्छ । यदि तपाई सही प्रकारले पौष्टिक मात्राको उपयोग गर्नु हुँदैन भने तपाईको शरीरमा हानी हुने गर्दछ ।

७. गुट्खा सेवनको कारणः

गुटखामा चुन, सुपारीजस्ता अरु नशादार पदार्थको प्रयोग गरिएको हुन्छ । जसले हाम्रो शरीरको एंजाइममा नराम्रो असर र्पुयाउँदछ । यसले दीर्घकालमा लिंग शिथिल हुने र शीघ्र स्खलनजस्ता समस्या ल्याउन सक्छ ।

८. अत्यधिक हस्तमैथुनः

सामान्यतः हस्तमैथुनले शरीरलाई कुनै हानी पुर्याउँदैन । तर अत्यधिक मात्रामा हस्तमैथुन गर्दा लिंग र यो सँग जोडिएका नसाहरुमा असर पर्छ । यसको कारण लिंगमा हुने तनाव विस्तारै कम हुन्छ । तपाई यो जानकारी एभरेष्टदैनिकडटकमा पढ्दै हुनुहुन्छ । यसले यौनकार्यको बेला शिथिलता र पछि गएर यौनसम्पर्क गर्दा समेत कडापना नहुने अवस्था देखिन सक्छ । दैनिकरुपमा अत्यधिक हस्तमैथुनले स्वस्थ्य शुक्रकीटको संख्यामा समेत कमी आउँछ ।

Man with erectile dysfunction during sex

९.पोर्न हेर्ने लतः

पछिल्लो समयमा इन्टरनेटको विकाससँगै अश्लील तस्वीर र भिडियो हेर्ने लत बढेर गएको छ । शुरुका दिनमा कौतुहलतावश हेरिने यस्ता सामग्रीमा लत बसे यसले पनि नपुंकशकता निम्त्याउन सक्छ । पोर्नोग्राफीका बारेमा गरिएका कतिपय अध्ययनहरुले यसको लत लागेमा बिस्तारै लिंगमा समस्या देखिने र हस्तमैथुनतर्फ मानिस बढी आकर्षित हुने, जतिबेला पनि कामवासना दिमागमा भरिने र यसले नपुंकसकतातर्फ लैजाने तथ्य सार्वजनिक गरेका छन् । यसका साथै यसले वैवाहिक जीवन र पार्टनरसँगको यौनसम्बन्ध पनि रुचिकर नहुने अनुसन्धानले दावी गरेका छन् ।

१०. धेरैजनासँग अनियन्त्रित सेक्सः

सेक्सको लत लागेका मानिसहरुले धेरैजनासँग यौनसम्पर्क गर्ने गर्छन् । यसो गर्दा एकातिर यौन संक्रामक रोग लाग्न सक्छ भने अर्कोतर्फ यसले गम्भीर मानसिक समस्या निम्तिन सक्छ । पछि गएर यसबाट यौनसम्पर्कमा नै रुचि नलाग्ने र लागेपनि लिंगमा शिथिलता हुने या नपुंकसकता हुने खतरा हुन्छ ।

कमेन्ट गर्नुहोस्