नदीको भंगालोमा अलपत्र बाबुरामको सुरक्षित अवतरण

234 पटक पढिएको

दशैंको रमझमबीच एमाले र माओवादी केन्द्र एकीकरण र चुनावी गठबन्धनले नेपालको राजनीतिमा भूँइचालो ल्याइरहेको बेला नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई यतैकतै ओझेलमा थिए । यो राजनीतिक भूँइचालोमा उनको कुनै नाम जोडिएको थिएन । एमाले र माओवादीको पार्टी एकीकरण र चुनावी गठबन्धन औपचारिक घोषणा गर्ने दिनपनि अन्तिममा नयाँ शक्ति अर्थात् बाबुराम जोडिन पुगे । राजनीतिमा कहिलकाहिँ नहिड्ने बाटो पनि हिड्नु पर्छ भनेजस्तै गत मंगलबार राष्ट्रिय सभागृहको हलमा ओली, प्रचण्डको छेउमा भट्टराई उभिन पुगे । छोटो गृहकार्यपछि एमाले–माओवादी गठबन्धनमा सहभागी भएपछि धेरैले प्रश्न गरे, के बाबुरामको राजनीतिक पुनरोदय भएको हो रु समय शक्तिशाली छ, निकट भविष्यमा त्यसको पर्दा खुल्ने छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई त्यतिबेला केही निराश भए, जतिबेला स्थानीय तहको निर्वाचनमा उनको पार्टीले आशा गरेको क्षेत्रमा समेत हार खायो । गोरखाको पालुङटार नगरपालिकामा समेत हार खाएपछि भट्टराई केही चिन्तित् देखिए । आफूले अघि सारेको वैकल्पिक राजनीतिक धारका पक्षमा जनमत नदेखिएपछि अझ बढी चिन्तित् बनेका हुन् ।

समकालीन अन्य नेताभन्दा बढी चिन्तन्, मनन् र अध्ययनमा व्यस्त रहने भट्टराई स्थानीय निर्वाचनपछि निकै आत्मविश्लेषणमा लागेको हुनुपर्छ, आफूले अघि सारेको राजनीतिक धारले काम गर्छ कि गर्दैन रु यो प्रश्नले उनलाई निकै पिरोलेको हुनुपर्छ ।

माओवादीले २०५२ मा युद्ध सुरु गर्नेबेला त्यसको डिजाइनरमध्ये एक थिए, बाबुराम । त्यतिबेलै विद्यावारिधि गरेका अब्बल अर्किटेक्ट भट्टराईलाई पछ्याएर सयौ कार्यकर्ता ‘मार्न र मर्न’ हिडेका थिए, कार्यकर्ता । माओवादी युद्धका मुख्यगरी दुई रोल मोडल नेता थिए, प्रचण्ड र बाबुराम । सार्वजनिक रुपमा बाबुरामको छवि लोकप्रिय थियो भने पार्टीभित्र प्रचण्डको । नेता तथा कार्यकर्ता प्रचण्ड र बाबुरामको व्यक्तित्व देखेर ओइरिएका थिए । त्यसपछि अन्य नेताको भूमिका थियो ।

भट्टराईलाई धेरैले भन्छन्, ‘उनी नेताभन्दा डिजाइनर अर्थात् योजनाकार बढी हुन् ।’ माओवादी पार्टीमा रहदा उनले धेरै योजना डिजाइन गरे, प्रचण्डले उनको डिजाइनलाई अनुमोदन गरेपछि कार्यान्वयन अघि बढ्थ्यो । राजनीतिक रुपमा प्रचण्ड र भट्टराई सफल खेलाडी हुन् । त्यसैले त उनीहरु युद्धकालमा, ‘रुदारुदै हाँस्न र हाँस्दाहास्दै रुन सक्ने नेता भएका थिए ।’ कुनै बेला बाबुरामबिना माओवादी पार्टी कसरी अघि बढ्ला रु भन्ने प्रश्न उठ्थ्यो । स्वयं भट्टराईलाई पनि आफूबिना माओवादी कमजोर हुनेछ भन्ने लागेको थियो । बाबुराम अलग भएपछि त्यसको असर माओवादीमा कमै देखियो ।

सम्बन्धित् समाचार  ३३ दलीय मोर्चा पनि वाम एकतामा, माओवादीको चिन्ह लिएर आगामी चुनाब लड्ने

युद्धकालको २०६० तिर प्रचण्ड र बाबुरामबीच गंभीर मतभेद भएको थियो । शान्ति प्रक्रियाम आइसकेपछि दुई नेताबीच करिब १० वर्ष मतभेद रह्यो । मतभेदबीच माओवादी पहिलो संविधानसभामा पहिलो र दोस्रो संविधानसभामा तेस्रो भयो । दुई पटक सरकारको नेतृत्व गरे पालैपालो । युद्धकालमा गुमाएको शक्ति आर्जन गर्न प्रचण्ड र भट्टराई शान्तिकालमा सफल भए । मुलुकमा गणतन्त्र स्थापना र संविधान जारी गर्ने बेलासम्म दुबै नेता मतभेदबीच एक ठाउँमा रहे, राम्रै गरे । संविधान जारी गरेकोमा दुबै नेतालाई जस जान्छ । त्यसपछि प्रचण्ड र बाबुरामको बाटो फाट्यो । संगै नारिएर माओवादी हाँकेका नेता आ–आफ्नो बाटो लागे । बाबुरामलाई लाग्यो, ‘देशको असल पार्टी बनाउँछु र माओवादीलगायत अन्यलाई चुनौती दिन्छु ।’

सन् २०१६ जुन १६ मा औपचारिक रुपमा नयाँ शक्ति पार्टी गठन गरी उनले अभियानको थालनी गरे । माओवादीको एउटा समूह र अन्य व्यक्तिहरुलाई समेटेर आर्थिक समृद्धिको मूल नारासहित गठन भएको पार्टी स्थानीय निर्वाचनमा गएर नराम्ररी ठोकियो । यदि उक्त पार्टीबाट बाबुरामलाई हटाउने हो भने निर्वाचन परिणामबाट पहिचान हुन नसक्ने अवस्थामा पुग्यो, जुन बाबुरामका लागि निकै तीतो यथार्थ हुन पुग्यो । एक हिसाबले माओवादीमा ‘रजगज’ गरेका उनलाई आफै पार्टी हाँक्दा कति गाह्रो हुँदोरहेछ भन्ने कुरा सायद यतिबेला बोध भएको हुनुपर्छ । आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले र माओवादीको निर्वाचन र पार्टी एकीकरण गठबन्धनमा उनी रहरले होइन, बाध्यताले सामेल हुन पुग्यो ।

यतिसम्म कि नयाँ शक्ति गठन गर्ने बेला दाहिने हातको रुपमा रहेका नेता देबेन्द्र पौडेलले ‘नयाँ शक्तिले गरिखाँदैन’ भन्दै करिब एक महिना अघि माउ पार्टी माओवादीमा फर्किए । ‘बाबुरामजीलाई हामीले ध्रुवीकरणका लागि त्यतिबेलै सम्झाएका थियौं, मान्नुभएन । अहिले सम्झनु भयो, राम्रो भयो’ नेता पौडेलले भने ।

सम्बन्धित् समाचार  ओलीले वाम एकताका नाममा प्रचण्ड र बाबुरामलाई फसाए : डा महत

कुनै बेला बाबुरामले एमालेलाई भनेका थिए, ‘एमालको लिङ्ग पहिचान भएको छैन ।’ उनले एमालेले आफूलाई कम्युनिस्ट दाबी गरेपनि त्यो नभएको भन्दै कटाक्ष गरेका थिए । भट्टराईको यो भनाइ निकै चर्चित भएको थियो– एमाले कुन लिङ्ग भएको पार्टी हो रु समयले यसरी कोल्टो फेर्‍यो कि अब आउने निर्वाचनमा बाबुराम त्यही एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा उठ्दैछन् । एमाले र माओवादीको सहयोगमा उनले निर्वाचन जित्ने छन् । निर्वाचित भइसकेपछि उनी एमालेको ह्वीप अनुसार चल्ने अवस्था आाउने छ । यो संसदीय सामान्य परम्परा हो । उनले यो राजनीतिको यो काँचो ‘तीते करेला’ चपाउनु पर्ने छ ।

सामाजिक संजालहरुमा एमाले, माओवादीको ‘गठबन्धन’ मा बाबुरामलाई ‘बम्पर’ पर्‍यो भनेर टिप्पणी भइरहेको छ । टिप्पणी जे भए पनि नेपाली राजनीतिक परिदृश्यमा फेरि बाबुराम उदाएका छन् । उनले नयाँ शक्तिलाई पुनस् मूलधारमा समाहित गराएका छन् । विद्वान नेताको रुपमा चिनिएका उनको पछिल्लो चाललाई धेरैले वुद्धिमानी कदम भनेका छन् ।

माओवादीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिएका बाबुरामका लागि वामपन्थी ‘गठबन्धन’ मा सहभागी हुन रहर होइन, बाध्यता आइपरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको सदासयताले बाबुरामलाई सहज अवतरण हुन सजिलो बनाइदियो । तर, उनका लागि आगामी दिन सकशपूर्ण हुनेछन् । माओवादीमा सँधै प्रतिपक्ष जस्तो रहेका उनका लागि एमाले–माओवादीभित्र अटाउने बाध्यताले सायद पिरोलिरहने छ ।

बाबुरामले भन्दै आएकफ वैकल्पिक राजनीतिक शक्तिको पाटो के हुनेरु प्रश्न उठ्न थालेको छ । उनले हाल बाटो बदलेको दाबी गरे पनि अन्ततस् ठूलो नदीमा साना खोला हराएजस्तो नयाँ शक्ति हुने छ । उनको वैकल्पिक राजनीतिक शक्तिको अवधारण जत अलपत्र परेपनि एमाले–माओवादीको गठबन्धनमा उनले पहिलो लाइन सीट भने पाइरहने छन् । कान्तिपुरबाट

सम्बन्धित् समाचार  प्रचण्डसँग मिल्नुको विकल्प नभएको बाबुरामको भनाई, १६ महिनापछि पहिलो पटक एउटै मञ्चमा

कमेन्ट गर्नुहोस्