विद्यालय निर्माणका लागि नौ लाख सहयोग

49 पटक पढिएको

झापा, असोज २१ । झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु.नौ लाख सहयोग गरेको छ ।

समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले विद्यालयमा भवन अभाव भएर विद्यार्थीलाई समस्या भएको थाहा पाएपछि आफूहरुले सहयोग प्रदान गरेको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न दुई करोड अनुदान