विश्वकप २०१८ लागि छनोट हुने पहिलो अफ्रिकी देश नाइजेरिया

एजेन्सी, असोज २२ । शनिबार राति भएको खेलमा जाम्बियालाई १–० ले हराउँदै नाइजेरियाले विश्वकप २०१८ का लागि छनोट हुने पहिलो अफ्रिकी देश बनेको छ ।

सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका आर्सेनल स्टार एलेक्स इओबीले ७३ औँ मिनेटमा गोल गर्दै नाइजेरियालाई विश्वकपमा पुर्‍याएका हुन् । विश्वकपमा छनौट हुन नाइजेरियालाई जित आवश्यकता थियो ।

विश्वकप छनोटका लागि अफ्रिका अन्तर्गतको खेलमा समूह ‘बि’ मा रहेको नाइजेरिया समूह विजेता बन्दै सन २०१८ मा रसियामा हुने विश्वकपका लागि छनोट भएको हो ।

कमेन्ट गर्नुहोस्