माओत्सेतुंगको ५ करोड सुनको जलप लगाइएको ३७ मिटर अग्लो मुर्ती

242 पटक पढिएको

समाजवादी क्रान्तिका लागि माओवादको दर्शनको समीक्षा र विकास गर्नुपर्ने बहस नेपालमा चलिरहेको बेला चीनमा भने माओको एउटा मूर्तीले संसारको ध्यान तानेको छ ।

 

गत मंसिरमा निर्माण भएको उक्त मुर्ती हेर्न विश्वभरिबाट हज़ारौ हेनान पुग्ने गरेका छन ।

चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको हो । तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ ।

हेनान प्रान्त ५० को दसकमा माओले सुरु गरेको कम्युनिस्ट क्रान्तिको केन्द्र थियो । मुर्ति निर्माणमा केही स्थानीयले पनि आर्थिक सहयोग गरेको बताइएको छ ।

विश्वमा माओको नाम बिशिस्ट छ । उनले नयाँ जनवादी क्रान्तिमार्फ़त चीनमा समाजवादको आधार तयार गरेका थिए ।

उनीबाट प्रेरणा लिएर नेपालमा समेत नयाँ जनवादी क्रान्तिका लागि जनयुद्दको सुरूवात भएको थियो । यद्दपी अहिले भने माओको बिचार र सिद्दान्तमा नयाँ परिस्थितिका आधारमा थप विकास गर्नुपर्ने बहस नेपाल मा चलेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भारतलाई ठूलो पाठ पढाउन चाहन्थे माओ–त्से–तुङ