कोसोभोलाई २–० ले पराजित गर्दै आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट

असोज २४ । विश्वकप छनोट अन्तर्गत सोमबार कोसोभोलाई २–० ले पराजित गर्दै आइसल्यान्ड पहिलो पटक विश्वकपमा छनोट भएको छ । गिल्फी सिगर्डसन र आरोन गुडमुनसनको गोलमा पाहुना टोली आइसल्यान्डले जित दर्ता गर्‍यो ‌। लगभग ३ लाख ३० हजार जनसङ्ख्या भएको आइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । आन्द्रे क्रामारिचको दुई गोलमा क्रोएसियाले युक्रेनलाई २–० ले हराउँदै प्लेअफ स्थानमा पुग्न सफल भएको छ ।

सर्बिया पनि सोमबार जितका साथ विश्वकपमा छनोट भयो । एलेक्जेन्डर प्रिजोभिचको ७४ मिनेटको गोलसँगै सर्बियाले जर्जियालाई १–० ले हरायो । यता आयरल्यान्डले वेल्सलाई १(० ले हराउँदै समूहमा दोस्रो स्थान कब्जा गर्‍यो ।

विश्वकपमा छनोट भइसकेको स्पेनले इजरायलमाथि १–० को जित निकाल्यो । आसिआर इलारामेन्डिले खेलको एकमात्र गोल गरे । एन्टोनियो क्यान्ड्रेभाको गोलमा इटालीले अल्बानियालाई १–० ले हरायो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्