सुजाताको तिहारको गीत सार्वजनिक

असोज २४ । गायिका सुजता केसीले तिहारको गीत सार्वजनिक गरेकी छिन् । दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।

तीजका गीत गाएर सांगीतिक बजारमा आएकी सुजताले केही एल्वम तथा चलचित्रका गीतमा समेत आफ्नो स्वर भरिसकेकी छिन् । यसपालि भने उनले संगीतकार दीपक शर्मासँगको सहकार्यमा यसपालीको तिहार’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने दीपक रमणले गरेका छन् । एक चलचित्रमा अभिनय समेत गरिसकेकी सुजता आफैं गीतको म्यूजिक भिडियोमा प्रस्तुत भएकी छिन् ।

कमेन्ट गर्नुहोस्