नेपाल र ताजकिस्तानबीच खेल जारी, नेपाल १–० ले पछि

काठमाडौं, असोज २४ । एएफसी एसिया कप २०१९ को छनौटका लागि नेपाल र ताजकिस्तानबीच खेल जारी छ । खेलको पहिलो हाफ चलिरहदन नेपाल १–० गोलले पछि परेको हो ।

ताजकिस्तानले पेनाल्टीमार्फत पहिलो गोल गरेको हो । ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा भईरहेको छ ।

आजको खेल हारेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना अधुरो रहने छ ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल खंक तालिकामा पुछारमा छ । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् ।

समूहको शीर्षस्थानमा सात अंकसहित फिलिपिन्स पहिलो स्थानमा र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल खेल्ने छ । फाइल फाेटाे

कमेन्ट गर्नुहोस्