फेरी अर्काे गोली काण्ड: सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या

42 पटक पढिएको

सर्लाही, असोज २५ । सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।

हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन-चाँदी लुट्न खोज्दै गोली हानी हत्या गरेको मृतकका बुबा नागेन्दर साहले बताए ।

लुटेराको प्रतिकार गर्न खोज्दा सुनिलको च्यापुमुनी गोली हानी झोलामा रहेको नगद तथा सुन-चाँदीसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाईते भएका साहलाई जिल्ला अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  लक्ष्मीको हत्याको अारोपमा दाजुभार्इ पक्राउ