स्वास्थ्यका लागि प्याज लाभदायक

असोज २५ । हामीले दैनिकजसो तरकारी पकाउँदा प्याजको पनि प्रयोग अत्यधिक प्रयोगमा ल्याएका हुन्छौं । तर, कतिलाई यो कुराको जानकारी छैन कि वास्तवमा प्याज हामी किन खाने गर्छौ । धेरैले प्याजको स्वादको लागि प्रयोग गर्ने गर्छौ । तर, वास्तवमा यो सत्य होइन । प्याज हामीले स्वादलाई भन्दा बढी स्वास्थ्यलाई ध्यानमा राखी खाने गर्दछौ । प्याजले नेचुरल ब्लडको थिनर गर्नेमात्र होइन, यसको सेवनले ब्लड जम्न नसकेको र इम्युनिटी पावर बढाउने कार्य गर्दछ साथै यसले रुघाखोकी, ज्वरोलाई पनि ठीक पार्ने गर्दछ ।

स्वस्थ स्वास्थ्यका लागि बिर्सेर यी खानेकुरा एकसाथ नखानुहोस्-

मधुमेह र रक्तचापको लागि लाभदायक
प्याजमा एक प्रकारको क्रोमियम पाउने हुनाले जसले सुगरको नियन्त्रण गर्नुको साथै रगत संचालनलाई पनि ठीक गर्ने कार्य गर्दछ । यसमा हाम्रो मांशपेशी र शरीरमा थोरै थोरै गरेर ग्लुकोज पाउने गरेको हुन्छ । जानकारी लागि यो कुरा थाहा पाउँदा तपाईहरुलाई अचम्म लाग्न सक्छ कि दैनिकजसो प्रयोग गर्ने सागसब्जीको प्रयोग गर्दा धेरैजसो क्रोमियम कदापि पाउने गर्दैन । प्याजको खानु पनि तपाईको शरीरको लागि फाइदाजनक नै हुन्छ । प्याजले शरीरमा रगत जम्ने समस्यालाई रोक्ने कार्य गर्दछ । यसले गर्दा रक्तचाप तथा मधुमेहबाट सधैं बचाइराख्न सहयोग गर्दछ ।

साबुदाना खाँदा हुने फाइदाहरु-

साबुदाना र प्याज एकसाथ खाँदा हुने बेफाइदा

यदि तपाईको शरीरको कुनै पनि अंगमा चोट लागी रगत बग्न थालेमा प्याजको रस लगाएमा दुखाई कम भई रगत बग्न छोड्छ । नाकबाट रगत आउने गरेमा प्याजको रस दुई–तीन थोपा हाल्ने गरेमा पनि रगत आउन बन्द हुन जान्छ । काँचो प्याज खाने गरेमा गर्मी मौसममा लाग्ने लू (तातो हावा) बाट बच्न सकिन्छ । यदि कसैलाई लू लागिहालेमा प्यासको रस पिउने गरेमा वा मालिस गरेमा निकै आराम मिल्छ । आफ्नो एक टुक्रा प्याज बोकेर हिँडेर गरेमा पनि यो लू रोग लाग्ने सम्भावना धेरै कम हुन जान्छ । घुँडाको दुखाईले सताइरहेको छ भने पनि तेलमा प्याजको रस मिलाएर लगाउनाले दुखाई कम हुन थाल्दछ ।

बिहान सबेरै जिराको पानी पिउनाले हुने फाइदा

चिसो (खोकी, ज्वरो, पेट दुखाई र एनिमियाँमा यो एकदमै लाभदायक

बराबर मात्रामा प्याजको रस र मह मिलाएर खानाले पनि चिसोबाट लाग्ने रोग (रुघा, खोकी, ज्वरो) आदिबाट पनि बच्न सकिन्छ । काँचो प्याज खानाले ग्यास्ट्रिक सिंड्रोम र कब्जियतमा फाइदा हुन जान्छ । प्याजमा भएको एकप्रकारको फाइवर भएका कारण नै यसले पेटको सफा राख्ने काम गर्दछ ।

अनुहार र कपालको लागि फाइदाजनक

प्याज अनुहार र कपालको लागि धेरै गुणकारी रहेको छ । जैतुनको तेलमा प्याजको रस मिलाएर अनुहारमा लगाउने गरेमा अनुहारलाई सफा राख्ने काम गर्दछ । कपाल झर्ने समस्या छ भने पनि प्याजको रस लगाएर मालिश गर्नाले कपाल झर्ने र चायाँ पर्ने कम हुन थाल्छ ।

घरमा तुलसी रोप्नाले हुने फाइदा

अनिन्द्रा, टाउको र दाँतको दुखाईमा लाभदायक

कसैलाई निन्दा नलाग्ने समस्या छ भने प्याज खाने गरेमा अवश्य फाइदा हुन थाल्छ । टाउको र दाँतको दुखाई बढेमा यसको प्रयोग गर्न सकिन्छ । तीन चम्चा पानीमा एक चम्चा प्याजको रस हालेर पिउने गर्नाले केही आराम मिल्छ ।

महिनावारी हुँदा आराम हुने

महिलाको महिनावारी हुने बेलामा हुने समस्यामा निजात पानीमा प्याज धेरै फाइदाजनक हुन्छ । महिनावारी शुरु हुनु पहिले काँचो प्याज खानाले पनि फाइदा मिल्छ ।

कमेन्ट गर्नुहोस्