अपांगता भएका व्यक्तिको उच्च शिक्षाका लागि सहयोग

33 पटक पढिएको

पोखरा, असोज २५ । शारीरिक अपांगता भएका एक व्यक्तिको उच्च शिक्षा अध्ययनका लागि रु एक लाख १३ हजार २६५ सहयोग गरिएको छ ।

चितवन निवासी शारीरिक अपांग भरत तमुलाई सो आर्थिक सहयोग गरिएको हो ।
तमु धी नेपाल कास्कीको सक्रियतामा विभिन्न तमु महानुभावबाट संकलित उक्त रकम संस्थाकी अध्यक्ष कर्म तमु तथा भरत तमु सहयोग समितिकी संयोजक लक्ष्मी तमुले संयुक्तरुपमा उक्त रकम उनलाई हस्तान्तरण गरेको हो ।

भरतले गत वर्षको एसईर्ई परीक्षामा मुखमा कलम च्यापेर लेखी उत्तीर्ण भएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पाइजाको उपचारमा हङकङबाट चार लाख बढी सहयोग