रेखाको कार र मालवाहक ट्रकको दुर्घटना

असोन २६ । चर्चित अभिनेत्री रेखा थापाको कार दुर्घटनामा परेको छ । नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’को प्रमोशनमा व्यस्त रहेकी थापाको बुधवार एक अन्तवार्ता दिएर फर्किने क्रममा दुर्घटना भएको हो ।

हिजो बुधबार दिउँसो करिब १२ः१५ बजे चावहिलमा मालवाहक ट्रकले धक्का दिंदा कारमा क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन । रेखा आफैँले कार चलाइरहेकी थिइन् ।

रेखा र ट्रक चालक यतिबेला गौशाला प्रहरी वृत्तमा छन् । रिलिज हुन लागेको नेपाली चलचित्र ‘रुद्रप्रिया’ को प्रमोशनमा व्यस्त रहेकी रेखा टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा दुर्घटनामा परेकी हुन् ।

कमेन्ट गर्नुहोस्