विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङविरुद्धको खेल गुमाउँदै शरद !

हङकङ, असोज २६ । शुक्रबार र आइतबार हुने विश्व क्रिकेट लिग च्याम्पियनसीपमा शरद भेषावकरले हङकङविरुद्ध हुने खेल गुमाउने सम्भावना बढेर गएको छ ।

अस्वस्थताका कारण उनले खेल गुमाउन लागेका छन् । अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । ज्वरो आएपछि उनी टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा अनुपस्थित रहे । उनी होटल रेगलमा नै आराम गरेर बसिरहेका छन् । स्रोतका अनुसार उनलाई बुधबार रातिदेखि नै ज्वरो आउन थालेको थियो । अहिले उनलाई १०१ डिग्री ज्वरो आएको छ ।

त्यसो त उनी नेपालबाट हङहङ उड्ने बेलामा पनि अस्वस्थ थिए । उनले नखेल्ने भएपछि नेपाली टिमले विकल्पमा नेपालबाट अर्को खेलाडी ल्याउने तयारी समेत गरिहरेको जनाएको छ । नेपालले चारजना वैकल्पिक खेलाडी तयारी अवस्थामा राखेको छ ।

च्याम्पियनसिपमा शरद भेषावकरले १० खेलमा ३२१ रन बनाएका छन् र उनी भन्दा सर्वाधिक रन बनाउने कप्तान पारस खड्काले ३५२ रन बनाएका छन् ।

कमेन्ट गर्नुहोस्