नायिका रिमालाई किन कालोमोसो दलियो ?

असोज २६ । आफू उच्च जातिको रहेको र आफ्नो छोराले एउटी तल्लो जातिको केटी रिमा विश्वकर्मासँग प्रेम विवाह गर्यो भनेर विवेकसिंह ठकुरीको बुवाले रिमालाई कालोमोसो दलिदिएका छन् ।

उनका बुवाले समाजको सहयोगमा समाजको अगाडि रिमालाई कालोमोसो दली अनेक नानाथरीका गालीगलौज गरी बेइज्जत गरिदिएका छन् ।

आफ्नो कुल घरानामा आँखा गाडेको भन्दै गम्भीर आरोप लगाउँदै रिमालाई कालोमोसो दली समाजको अगाडि यस्तो दुव्र्यवहार गरेको थियो ।

यो कुरा सुनेपछि तपाईहरु एकपटक नराम्रोसँग गाली गर्नुहुन्छ तर वास्तवमा यो वास्तविक घटना नभई काल्पनिकमात्र हो । किन यो कुनै वास्तविक दृश्य नभई यो एउटा म्यूजिक भिडियोको दृश्य रहेको छ । करिब एक महिनाअघि मात्र युट्ट्युबमा सार्वजनिक गरिएको ‘यो जुनीमा’ बोलको गीमा यो कथा समावेश गरिएको छ।

रचनाकार नीलम आङ्बुहाङ् राईको उत्कृष्ट रचना रहेको ‘यो जुनीमा यो भाग्यमा, मिलन हाम्रो होला कि नहोला’ गीतको म्युजिक भिडियोकी नायिका रिमा विश्वकर्मालाई नायक विवेकसिंह ठकुरीसँगको माया प्रेमपछि यस्तो प्रसंगलाई देखाउन खोजिएको छ ।

गीतको म्युजिक भिडियोको निर्देशक सुरज श्रेष्ठले गरेका छन ।भिडियोमा रिमा विश्वकर्मा, विवेकसिंह ठकुरीलगायत कृष्ण आचार्य, सुस्मा कार्की सहित अन्यलाई देख्न सकिने छ ।

हरि हुमागाईंको छायाँकन रहेको भिडियोलाई निर्देशक सुरज श्रेष्ठले नै सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्