प्रहरीद्वारा ५ हजार लिटर मदिरा नष्ट

24 पटक पढिएको

पर्वत, असोज २६ । जिल्ला प्रहरी कार्यालय पर्वतले पाँच हजार लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ठूलो मात्रामा कच्चा पदार्थ नष्ट गरेको छ ।

सदरमुकाम र आसपासका क्षेत्रमा गाँजा फडानी र घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले बिहीबार ५ हजार लिटर अवैध घरेलु मदिरा र घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सदरमुकामसँगै डिमुवा, पातिचौर, वारीबेनी, मालढुंगालगायतका क्षेत्रबाट संकलित घरेलु मदिरा नष्ट गरेको हो ।

अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको २ दर्जन घरमा लुकाई राखेको अवस्थामा एक सय ड्रमभन्दा बढी कच्चा पर्दाथ नष्ट गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाइबाट परिचालित टोलीले मदिरा बनाउन प्रयोग हुने मचार्, रक्सी बनाउन प्रयोग हुने भाँडा र ड्रम नियन्त्रणमा लिएको छ । निर्वाचन सुरक्षालाई समेत मध्यनजर गर्दै अवैध मदिरा विक्री वितरण कार्यलाई नियन्त्रण गर्ने अभिप्रायले अभियान सञ्चालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफामा भक्तजनको ओइरो