चिकित्सा विधेयक सहमतिमा मात्रै अघि बढ्ने

काठमाडौं, असोज २६ । सभामुख ओनसरी घर्तीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न बोलाएको प्रमुख दलका प्रमुख सचेतहरुको बैठकमा सहमतिमा मात्रै उक्त विधेयक अगाडि बढाउने सहमति भएको हो ।

बिहीबार सभामुख ओनसरी घर्तीले विधेयक पारितमा सहमति खोज्न उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मासँग छलफल गरेकी थिइन्।

तर पारित गर्ने विषयमा सहमति नभएपछि कार्यसूचीबाट हटाइएको छ।

कमेन्ट गर्नुहोस्