जिप दुर्घटनामा दुर्इ घाइते

22 पटक पढिएको

जाजरकोट, असोज २६ । यहाँको त्रिवेणी नलगाड–८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् ।

घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।

बगाराबाट मन्मै जाने जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अनुभव नभएका चालकका सहयोगीले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयले बताएका छन् । प्रहरीचौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बसको ठक्करबाट साइकल यात्रुको मृत्यु