वाइसीएलले प्यूठानबाट शुरु गर्यो, एक घर, एक वाइसीएल राष्ट्रिय अभियान

85 पटक पढिएको

प्यूठान, असोज २६। प्युठानमा ‘एक घर, एक वाईसीएल, एक रोजगार’ अभियान शुरु भएको छ । अभियान अन्तर्गत नौबहिनी गाउँपालिकामा वाइसीएलको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

‘एक घर, एक वाईसीएल, एक रोजगार’ भन्ने राष्ट्रिय नारासहित देशभर संगठन विस्तार अभियानमा रहेको वाइसीएलले प्यूठानबाट अभियानको थालनी गरेको जनाएको छ ।

बुधबार सम्पन्न सम्मेलनले बलबहादुर केसी इञ्चार्ज र मानबहादुर केसी अध्यक्ष रहेको ३५ सदस्यीय वाईसीएल नौबहिनी गाउँपालिका समिति गठन गरेको हो । तीन जना उपाध्यक्षमा पूर्ण राना, दल बहादुर खड्का, दिलमाया सुनार छन् । सचिवमा प्रभात विक, सहसचिवमा छविलाल बुढामगर र कोषाध्यक्षमा भुपाल सिंह बिकलाई चयन गरेको छ ।

अघिल्लो साता मात्रै वाइसीएलले देशभरका स्थानीय तहका वडाहरुमा कात्तिक ११ गते वाईसीएल कमिटीको वडा भेला गर्ने निणर्य गरिसकेको छ । युवालाई उत्पादनसँग जोड्न अभियान अन्तर्गत स्थानीय तहमा संगठन विस्तारमा वाइसीएलले जोड दिएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  वाइसिएलले ओली र सिके अतिवाद विरुद्ध संघर्ष गर्ने घोषणा