मधेस समता पार्टी एमालेमा समाहित, सीमा रक्षक देवनारायण पनि एमालेमा

46 पटक पढिएको

काठमाडौं, असोज २६ । मधेस समता पार्टी नेकपा एमालेका समाहित भएको छ। पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषादसहित सिंङ्गो पार्टी एमालेमा समाहित भएको हो ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन्।

यसअघि नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ता सदस्य रहेका सीमारक्षक सप्तरी तिलाठीका देवनारायण यादव पनि एमालेमा प्रवेश गरेका छन्। उनी कांग्रेसबाट जिल्ला विकास समितिको निर्वाचित पूर्व सदस्य हुन्।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भोट माग्न जाँदा राम धुलाई