मेरो बाच्ने केही टुंगो छैन, भारतीय दूतावासबाट मलाई बारम्बार फोन आउँछ-देवनारायण यादव

142 पटक पढिएको

काठमाडौं, असोज २६ । सीमा रक्षक देवनारायण यादवले आफू असुरक्षीत रहेको बताएका छन ।

‘भारतीय दूतावासबाट मलाई बारम्बार फोन आउँछ। त्यहाँ गएर महामहिमलाई भेट भनेर। मेरो बाँच्ने केही टुङ्गो छैन। कहिले मार्छन् मलाई थाहा छैन।, यादवले भने, ‘ तर म जान्न। मलाई मारे मारुन्। म बाँच्दासम्म मेरो देशको सीमा रक्षा गर्न छाड्दिन् ।’

अघिल्लो सातामात्रै भारतीय प्रहरी हिरासतबाट अदालतको आदेशमा साधारण तारिखमा यादव छुटेका थिए । भारतमा पक्राउ परेका छोरा अजयलाई छुटाउन गएका यादवलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनी एकसातासम्म विना कसुर भारतीय प्रहरीको हिरासतमा बस्न बाध्य भएका थिए ।

बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले पार्टी प्रवेश कार्यक्रममा यादवले उक्त कुराको खुलासा गरेका हुन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एमालेद्वारा मौन अवधीको उल्लघंन, सुरेन्द्र पाण्डे लगायतका नेता प्रचारमा