तोकिएकै मितिमा चुनाब सम्पन्न गर्न तीन दल प्रतिवद्ध

काठमाडौं, असोज २६ । बिहीबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले ताकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र अचारसंहितलाई कडाका साथ पालन गर्ने सहमति भएको छ ।

लामो समय पछि प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बसेको बैठकमा यस्तो समहति भएको हो । बैठकमा कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

गएको असोज १७ गते एमाले र माओवादी केन्द्रबीच भएको चुनाबी तालमेल र पार्टी एकता घोषणापछि तीन दलका शीर्ष नेताहरुबीच पहिलो पटक छलफल भएको हो ।

सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलसँग गठबन्धन बनाएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यसै निहुँमा उसले माओवादीका मन्त्री हटाउनेदेखि चुनाब सार्नेसम्मका हल्ला चलिरहेको समयमा तीन दलको बैठकलाई चासोका साथ हेरिएको थियो ।

कमेन्ट गर्नुहोस्