किन खेल्दैनन नाना पाटेकर र सञ्जयदत्त सँगै फिल्म ?

109 पटक पढिएको

एजेन्सी । बलिउडका क्षेत्रका दुई चर्चित कलाकार नाना पाटेकर र सञ्जयदत्त रिलिज फिल्म होस् वा अन्य समय हरेक टाइम यी दुई कलाकार लाईमलाईटमा हुन्छन, हरेक क्षेत्रमा मिडियामा पनि उत्तिकै स्थान ओगटिरहेका हुन्छन् ।

बलिउडमा दर्जनौं फिल्महरु आफ्नो भूमिका निर्वाह गरेपनि यी दुई कलाकार कहिले पनि कुनै चलचित्र क्षेत्रमा एकसाथ देखिएका आएका छैनन् । तर, पनि नाना पाटेकरको तर्क सुन्दै गर्दा दर्शकले भविष्यमा पनि यी दुई स्टारलाई सँगै देख्न पाउने अवस्था देखिँदैन ।

कारण के हो भन्दा जनवरी १ मा ६६ वर्ष पूरा भएको नाना पाटेकरले १९९३ को ब्लास्ट केसमा मुछिएर जेल समेत जानुपरेका सञ्जयदत्तको उक्त घटना बिर्सिन नसक्ने भन्दै नाना पाटेकरले संचारमाध्यमसँग भनेका छन् । त्यो घटनाले धेरैलाई चोट पुर्याएको छ ।

यही कुराकानीमा पाटेकरको अर्को रहस्य पनि मिडियासामु आए । अहिलेसम्म पनि उनीसँग कुनै काम गर्नुपरेको छैन र आगामी दिनमा पनि कुनै काम गर्नु नपरोस् भनेका छन् ।

यही कुराकानीका क्रममा पाटेकरले अर्को पनि रहस्य खोलेका छन्, कि त्यो समय उनले आफ्ना भाईलाई समेत गुमाएको खुलासा गरेका थिए ।

यो सबै घटनाको जिम्मेवार सञ्जय हो भन्दै आफुले सञ्जयसँग काम गर्ने निर्णय एकभन्दा पनि उक्त घटनामा निधन भएका सबैको पक्षमा लिएर बोलेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  'पद्मावती' को सेटमा हंगामा