विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन नेपालमा बन्ने गरेको खुलासा

काठमाडा, असोज २६ । विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन नेपालमै बन्ने गरेको खुलासा भएको छ । दोलखा जिल्लाको किर्नेटारमा बनी विक्री वितरण हुने गरेको पत्ता लागेको हो ।

विटक्वाइन कारोबारी प्रशान्तप्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो ।

काठमाडौंको भाटभटेनीका शाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी)ले पक्राउ गरेपछि उनले हङकङवाट विटक्वाइनको उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल ल्याएर यसको उत्पादन गरेको बताएका हुन् । शाह अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका व्यक्ति हुन् ।

बिहीबार सिआइवीले दोलखाको खिम्तिमा छापा मारेर विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ । प्रहरीले बिटक्वाइन माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप एक थान लगायतका सामान बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्