व्यवस्थापिका–संसदमा के-के भयो आज, संसदको आयु पर्सी सकिने

68 पटक पढिएको

काठमाडौं, असोज २६ । संविधानसभाबाट व्यवस्थापिका–संसदमा रुपान्तर भएको अहिलेको व्यवस्थापिका संसदको आयु पर्सी सकिने भएको छ । राजनीतिक दल र संसद् सचिवालयबीच भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो। योसंगै भोली बस्ने संसदको बैठक व्यवस्थापिका संसदका अन्तिम बैठक हुने भएको छ ।

प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको हो । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बुझाउन २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते उम्मेदवारको मनोनयनको लागि दिन तोकेको छ ।

यसैबीच, संसदको बिहीबारको बैठकले राजर्षि जनक विश्वविद्यालय विधेयक २०७४ सर्वसम्तीले पारित गरेको छ । विधयेक पारित गरेसंगै संसद बैठक शुक्रबार दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन र सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानविनले गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको चितवन, दोलखा र कालिकोटमा स्थलगत अध्ययन गरेको थियो ।

समितिले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि निर्वाचन आचारसंहिता कडाइका साथ लागू हुनुपर्ने सुझाव दिएको छ । यसैगरी, सुशासन तथा अनुगमन समतिले पनि प्रतिवेदन पेस गर्दै सुशासन कायम गर्न विधिको शासन र लोकतान्त्रिक संरचना निर्माण गर्न आवश्यक भएकोमा जोड दिएको छ ।

यता, सरकारले व्यवस्थापीका संसदको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधयेक पेश गर्ने तयारी गरेपनि दलहरुबीच सहमति बन्न नसकेपछि पेश हुन सकेन । सभामुख ओनसरी घर्तीले विधेयक पारित गर्नका लागि बिहीबार प्रकुख दलसंग छलफल गरे पनि सहमति हुन नसकेपछि उक्त विधेयकलाई कार्यसूचीबाट हटाइएको थियो ।

त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी उक्त विधेयक पारित गर्नुपर्ने माग राख्दै आमरण अनसनमा गएको ८ दिनदेखि आमरण अनशनमा बसेका छन । माथेमा कार्यदलको प्रतिवेदनको सुझाव समेटेर विधेयक पारित गर्नुपर्ने उनको माग छ ।

सम्बन्धित् समाचार  सदनमा विश्वेन्द्र पासवानले प्रचण्डको प्रशसा गरेपछि..

सभामुख ओनसरी घर्तीले विधेयक पारितमा सहमति खोज्न उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मासँग छलफल गरे पनि त्यो उपलब्धी मुलक हुन सकेन ।

कमेन्ट गर्नुहोस्