विशेषाधिकार प्रयोग गरी विधेयक पारित गर्न पहल गर्न सभामुखलाई डा केसीको अपिल

काठमाडौं, असोज २६ । संसदको विशेषाधिकार प्रयोग गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न सभामुख ओनसरी घर्तीलाई डा. गोविन्द केसीले अपिल गरेका छन ।

कसैको दबाब तथा प्रभावमा नपरी संसदको विशेषाधिकारको प्रयोग गरी शुक्रबारको संसद बैठकबाट उक्त विधेयक पारित गर्न सभामुख घर्तीलाई डा. केसीले अपिल गरेका हुन ।

अनशनस्थल महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी डा. केसीले सभामुख घर्ती जनताको पक्षमा भए संसदको बाँकी रहेको अवधिमा विधेयक पारित गराउन पहल गर्न आग्रह गरेका हुन ।

चिकित्सा शिक्षा विधेयक बिहीबारको संसद बैठकको कार्यसूचीबाट हटाउँदै सांसदहरुले जनताको अधिकारलाई कुण्ठित गरेको डा. केसीको दावी छ ।

कमेन्ट गर्नुहोस्