भरतपुरलार्इ संवृद्ध र सुरक्षीत महानगर बनाउने मेरो मिसन हो : प्रमुख दाहाल

सुरेशचन्द्र अधिकारी
चितवन, असोज २७ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकतामा राखी नागरिकलार्इ प्रभावकारी सेवा प्रधान गर्न आग्रह गरेकी छन् ।

६२ औं प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन्। अबको आवश्यकता विकास र सुरक्षा रहेको बताउदै विकासमार्फत संबृद्धी हासिलगर्न सुरक्षा अपरिहार्य रहेको बताइन् ।

कार्यक्रमको प्रमुख अतिथी दाहालले ६२ औं प्रहरी दिवशको अवसरमा शूभकामना दिदै प्रहरीलार्इ नागरिकको सुख दुखको साथी बन्न आग्रह गरिन् ।समाजमा ब्याप्त सबैखाले अपराध अन्त्य गरि शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्पुर्ण प्रहरीशक्ति परिचालन गर्न पनि उल आग्रह गरिन् ।

 उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोगगरी जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न नागरिकसंग हातेमालो गर्दै अगाडि बढन प्रहरी संगठनलाई उनले आग्रह गरिन् ।

प्रमुख दाहालले प्रहरी प्रशासन अझै ब्यावसायिक बन्दै अगाडि बढ्नुपर्ने बताइन । उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोगगरी जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न नागरिकसंग हातेमालो गर्दै अगाडि बढन प्रहरी संगठनलाई उनले आग्रह गरिन् ।

प्रमुख दाहालले गुनासो रहित कार्यसम्पादन आफ्नो अपेक्षा रहेको बताउदै भरतपुर महानगरपालिका अपराध रहित महानगर बनाउन सबैप्रकारको सहयोग गर्न तयार रहेको स्मरण गराइन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रशाद भट्टले जिल्लाको शान्ति सुरक्षा सबल रहेको भन्दै अझै प्रभाबकारी बनाउदै लैजानुपर्ने बताए । प्रहरी एक्लैले प्रभाबकारी सेवा प्रवाह गर्न नसक्ने बताउदै प्रहरीलाइ नागरिकको रचनात्मक सहयोग र खबरदारी आवश्यक रहेको प्रजिअ भट्टले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक थापाले जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायम गर्न नागरिकसंग हातेमालो गर्दै अगाडि बढ्न प्रतिबद्दता ब्याक्त गरेका थिए ।

कार्यक्रममा चितवन बार एसोसियसनका अध्यक्ष गोपिलाल देबकोट, नेपाल पत्रकार महासंधकी उपाध्यक्ष शान्ता, अधिकारी पूर्बप्रहरी संधका चक्र कार्की, अमर प्रहरी संधकी उपाध्यक्ष लालकुमारी सिलवाल लगायतले प्रहरी दिवसको अवसरमा शुभकामना ब्याक्त गरेका थिए ।

कार्यक्रममा अमर प्रहरी स्मारकमा श्रद्दान्जली अर्पण गर्नुका साथै प्रहरी सेवामा उत्कृष्ट काम गरेका २२ जना अधिकृत तथा जवानहरूलार्इ सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!