३ दलको बैठकमा मिलेन कुरा, चिकित्सा शिक्षा विधेयक संकटमा

काठमाडौं, संसदको आयु समाप्त हुने एक दिन अघि बसेको तीन दलको शीर्ष बैठक निष्कर्शविहिन बनेको छ ।

चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा सम्बन्धी विधेयकमा सहमति खोज्न बसेको तीन दलको बैठकमा कुरा नमिलेपछि विधेयक संकटमा परेको हो ।

सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ–आफ्नो अडान राखेपछि सहमति हुन सकेन । यही संसदबाट चिकित्सा विधेयक पारित गर्नुपर्ने माग राखेर डा. गोविन्द केसी अनसनमा रहेका छन् ।

यस्तै, दलहरूबीच निर्वाचन प्रणालीमा विवाद भएपछि राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक संसद्बाट पारित हुन सकेको छैन ।

विधेयकका प्रावधानमा सहमतिको प्रयासस्वरूप प्रमुख दलका शीर्ष नेताहरुले छलफल गरेका हुन् । विधेयकमा सहमति नभए राष्ट्रिय सभा सदस्य निर्वाचन कानुन अध्यादेशमार्फत जारी हुने विकल्प बाँकी छ । विधेयक संसदमा दफावार छलफलको चरणमा छ । शनिबार मात्रै संसदको आयु सकिने भएकै कारण संसदमै दफावार छलफल गर्ने गरी विधेयक संसद्मा पेस भएको थियो ।

संसद्मा विचाराधीन मूल विधेयकले अहिले संविधानको धारा ८६ को व्यवस्थाअनुसार नै राष्ट्रियसभा सदस्य छनोट गर्ने विधि तय गरेको छ । पारित गर्न खोज्दा निर्वाचन प्रणालीमा विवाद भएको छ । सत्ताधारी काँग्रेसले एकल सङ्क्रमणीय मतका आधारमा सदस्य छनोटको अडान राखेको छ । तर, एमाले र माओवादी प्रस्तावको विपक्षमा छन् ।

File Photo

कमेन्ट गर्नुहोस्

error: Content is protected !!