एवाईसी रनिङ्ग सिल्डको उपाधी भुमिकास्थानलाई

74 पटक पढिएको

काठमाडौं, असोज ३० । अर्घाखाँची युवा परिषद् सन्धिखर्कको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय एवाईसी रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधी भुमिकास्थान नगरपालिकाले जितेको छ ।

बेस्ट अफ फाइपमा भएको फाइनल खेलमा शितगङ्गा नगरपालिकालाई ३ —० को सोझो सेटमा पराजित गर्दै भुमिकास्थान नगरपालिकाको टिमले उपाधिमा कब्जा जमाएको हो । यस्तै सितगंगा नगरपालिका द्धितीय तथा पाणिनी गाउँपालिका तृतिय भएका छन् ।

प्रतियोगितामा प्रथम भुमिकास्थानले ५० हजार, द्धितीय सितगंगाले ३० हजार र तृतिय पाणिनी गाउँपालिकाले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रधान गरिएको छ । प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, महासचिव धर्म श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा जिल्लाका सन्धिखर्क सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका समुहको सहभागीता रहेको थिए । जिल्लामा रहेका युवाहरुलाई भलिबल प्रति आर्कषण गर्नको लागी भलिबल खेलको आयोजना गरिएको युवा परिषदका अध्यक्ष कृष्ण भुसालले बताए । उनले भने ‘जिल्लालाई खेल क्षेत्रबाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागी युवाहरुको सक्रियतामा खेल सुरु गरेका छौ ’ । युवाहरुको सक्रियतामा बनेको परिषद्ले खेलकुद सञ्चालन संगै बजार सरसफाई देखी अन्य समाजिक काममा समेत सक्रिय बनेको छ ।
खेल क्षेत्रमा उल्लेखनीय काम गरेको जिल्ला समन्वय समितीका सभापति पिताम्वर शर्माले बताए । उनले भने ‘युवाहरुले आफै पैसा उठाएर खेल क्षेत्रको बिकाश गर्न लागी परेका छन् यो कुरा अनुसरणीय रहेको छ जिल्लाको खेल क्षेत्रमा यस खेलले ईट्टा थपने काम गरेको छ ’ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड