भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

95 पटक पढिएको

नयाँ दिल्ली, असोज ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा आगलागी भएको छ ।

मंगलबार बिहान भएको आगलागीलाई नियन्त्रण गर्नका तत्कालै १० वटा दमकलको प्रयोग भएका थिए ।

भारतीय अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको कार्यालय भवनको २४२ नम्बरको कोठामा एसीबाट आकस्मिक रूपमा आगो सल्किएको थियो ।

आगलागी भएको करिब २० मिनेटभित्र नै आगलागीलाई नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण भएको क्षतिबारेको विवरण भने आउन बाँकी नै रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सोमालियामा ट्रक बम विस्फोट, कम्तीमा २० जनाको मृत्यु