तपाईलाई थाहा छ नेदरल्याण्डका प्रधानमन्त्री साइकल चढेर राजालाई भेट्न जान्छन ?

222 पटक पढिएको

काठमाडौं । हामी नेपालीहरुलाई अचम्म लाग्ने छ । विश्वासै गर्न गाह्रो पनि । तपाईलाई थाहा छ ? नेदरल्याण्डका प्रधानमन्त्रीका मार्क रुट राष्ट्रप्रमुख (राजा) लाई भेट्न साइकल चढेर दरबार पुगेका थिए भनेर। अहिले सामाजिक संजालमा यो तस्विर भाईरल भएको छ, जसले सबै चकित भएका छन् । सामान्यतया प्रधानमन्त्रीहरु विभिन्न तहको सुरक्षा घेरा भित्र हुन्छन् ।

उनीहरुको सुरक्षा र सवारीका लागि भन्दै कारगेड सहित दर्जनौं सुरक्षाकर्मी र विश्वमै गनिएका महंगा गाडीहरुको व्यवस्था गरीन्छ । अनि राष्ट्रप्रमुखलाई भेट्न जाँदा उच्च सुरक्षा सहित नजाने कुरै भएन ।

तर उनीसंग न त कुनै सुरक्षा गार्ड न कुनै तामझाम र गाडी । एक्लै त्यो पनि आफै साइकल चलाएर सरर दरबार पुगें । त्यहाँको पार्किङमा आफ्नो साइकल लक गरे । राजालाई नयाँ सरकार गठनको बारे जानकारी गराए र फर्किए ।

संयुक्त राष्ट्र संघका लागि नेदरल्याण्डका आवासीय प्रतिनिधि कारेल भ्यानले उक्त तस्विर सामाजिक संजालमा शेयर गरेका हुन् थिए । जुन अहिले बिश्व भर भाइरल भएको छ ।

प्रधानमन्त्रीका मार्क रुट साइकलका सौखिन व्यक्ति हुन् । बुलेट प्रुफ कारहरु भन्दा उनी साइकल नै मन पराउछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेदरल्याण्ड भ्रमणमा गएका बेला समेत उनले मोदीलै साइकल उपहार दिएका थिए ।

प्रधानमन्त्री रुटले आफ्नो प्राथमिकता वातावरण मैत्री देश बनाउने भएको बताएका छन् । र उनले सपथ लिनु अघि साइकल प्रयोग गरेर आफ्नो प्राथमिकता बातावरण मैत्री देश बनाउने भएको सन्देश देशवासीलाई दिएका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  महिलाको टाउकोभित्र भेटियो ज्युँदो साङ्लो