बिहीबार राति भएको आगलागीबाट ८० लाख रुपैयाँ बराबरको क्षति

37 पटक पढिएको

धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शोरूममा बिहीबार राति साढे ७ बजेबाट आगो लागेको थियो ।

आगो निभाउन धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको प्रयासले ९ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड लगायत घटनास्थल पुगेर आगो निभाउने प्रयासमा सहभागी भएका थिए ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  इन्डो–नेपाल कराँते प्रतियोगिता हुने