म्हैपीमा दिन–दहाडै गोली चल्दा….

43 पटक पढिएको

काठमाडौँ, कात्तिक ५ । स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् ।

बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?