प्रतिनिधिसभाका लागि ५ प्रतिशत मात्रै महिला उम्मेदवार बन्दै

काठमाडौं, कात्तिक ५ । प्रतिनिधिसभाका लागि मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रका लागि अहिले मनोनयन दर्ता जारी छ । तर तीन ठूला दल एमाले, माओवादी र कांग्रेसबाट गरी ७४ जनामध्ये ७२ पुरुष २ जना मात्रै महिला उम्मेदवार बन्दै छन ।
त्यसरी उम्मेदवार हुने भाग्यामानी महिलाहरु हुन माओवादीको तर्फबाट रुकुम पूर्वबाट कमला रोका उम्मेदवार बनेकी छन भने काँग्रेसबाट बाग्लुङ १ बाट चम्पादेवी खडका ।

कमला रोका माओवादी जनयुद्धकि लडाकु हुन् । पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद समेत रहेकी रोका बाबुराम भट्टरार्इको प्रधानमन्त्री हुँदा खेलकुद मन्त्री भएकी थिइन ।

चम्पादेवी खडका बाग्लुङका काँग्रेसी नेता तथा पूर्व सभासद् हरि खडकाकी श्रीमति हुन् । खड्काको २०७१ सालमा जिप दुर्घटनामा मृत्यु भएको थियो । खडकाको मृत्युपछि उपनिर्वाचनमा काँग्रेसले चम्पादेवीलाई उम्मेदवार बनाएको थियो । र उनी विजयी भएकी थिइन ।

 

कमेन्ट गर्नुहोस्