३ दिनमा एक सय किलो सुन बिक्री !

115 पटक पढिएको

काठमाडौं, कात्तिक ६ । तिहारमा मनाइने धनतेरस लक्ष्मीपूजामा सुनचाँदी बिक्री ह्वात्तै बढेको छ ।

अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा)मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब एक सय किलो सुन र २१ सय किलो चाँदी बिक्री भएको छ । एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ । जस अनुसार तीन दिनको अवधिमा ४८ करोड ४४ लाख रुपैयाँको सुन बिक्री भएको छ । –कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बुधबार सुनको मूल्यमा कमी