लक्ष्मीको हत्याको अारोपमा दाजुभार्इ पक्राउ

उदयपुर, कात्तिक ६ । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् ।

गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा रिसको झोकमा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए ।

सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनै पनि जानकारी नदिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्