एक महिलाले १७ मिनेटमा ११ जना स्वस्थ बच्चा जन्माईन्

163 पटक पढिएको

कार्तिक ९ । यो दुनियाँ साच्चै नै अचम्मको छ, रहस्यले भरिएको यो दुनियाँमा जे पनि हुन सक्छ । केही दिन पहिले मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छिन् ।

यी ४२ वर्षिया महिला इन्डियानामा रहन्छिन् । अहिलेसम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहासम्म बच्चा जन्माएको त सुनेका छौ तर एकैसाथ उनले ११ बच्चालाई एकैपटक जन्म दिएकी छिन् जुन धेरै नै अचम्मको छ ।

साँच्चै नै यो कुरा सुनेर सबै मान्छे अचम्ममा पर्छन् र धेरैले यस्तो पनि हुन्छ र भनेर प्रश्न पनि गर्न सक्छन् । तर, तपाई नहुनुहोस किनभने यो साँचो कुरा हो ।

इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।

मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् ।

नेपाली पत्रबाट साभार

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  वैज्ञानिक भन्छन्, 'पृथ्वीमा मानिसको आयू अब १०० वर्षमात्रै'