तालमेल सार्थक बनाउन धुम्बराही र पेरिसडाँडाको जवाफले पुग्दैन

बाम तालमेलमा कोही नचुकौँ, कोही नझुकौँ
120 पटक पढिएको

निश्चय पनि दशौँँ दिशातर्फ फैलिएका विभिन्न तान्द्राहरुको तागत खासै रहदैँन तर ति तान्द्राहरुलाई मिलान गरि एक शक्तिशाली लठ्ठा बनाउन पक्कै सकिन्छ । अनि मज्जाले आफूले चाहेअनुसार प्रयोग गर्न पनि सकिन्छ । तर सवाल के छ भने तान्द्राहरुको कुशल मिलान/समायोजन हुन जरुरी हुन्छ ।

सवाल यो हुँदैन कि कुन तान्द्रा कुन लेखमा हुर्किएको, कुन ख¥यानमा हुर्किएको, कति घामपानी खाएको भन्ने । किनकी मुल कुरा लठ्ठा बनाउनु हो । कुनै पनि तान्द्राको हिसाब कम वा बेसी हुनै सक्दैन । लठ्ठामा सबै तान्द्राहरुको भुमिका एउटै हुन्छ । यहाँ कुनै कारणबस तान्द्राहरु मिलाउने क्रममा लठ्ठा निर्माताहरुले कुनै पनि तान्द्राहरुको भुमिकामा कमजोरी देख्नु वा मिलान वा समायोनमा चुक्नु कमजोरी गरियो वा नियतबस गरियो भने गम्भिर प्रकारको दुर्घटना हुन सक्छ । जसले पिङको रसलिला लिने मनुवाहरुको निमर्म जीवन लिला नै समाप्त हुन सक्छ ।

अशोक थापा

आजभन्दा झण्डै ७० बर्ष पहिला माक्र्सवादी दर्शन शास्त्रबाट उत्प्रेरीत भई खासगरी सोभियत संघ, चिन र भारतमा संचालन भएका कम्युनिष्ट आन्दोलनहरुको प्रभावमा नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको कुरा सर्ववितिदै छ । त्यत्तिबेला कम्युनिष्ट पार्टीका सँस्थापकहरुले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र नै जारी गरेका छन् । थुप्रै पटक नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने उदेश्य राखेको पाइन्छ । तर खासमा कुनै पनि पार्टीले नेपालमा समाजवादको कुरा त परै जाओस् कम्युनिष्ट जनवादी व्यवस्थाको अनुभुति राष्ट्र र जनतालाई दिन सकिएन । जसको उदाहरण करिब ७० बर्षको कम्युनिष्ट आन्दोलनले देखाएको छ ।

हाल खासगरी माओवादी र एमालेको दृष्टिमा सामन्ती ब्यवस्था अन्त्य भई पुँजीवादी समाजवाद तर्फ निष्कर्ष निकालेको अवस्था छ । यसो गर्दा दुवै पार्टीको लक्ष्य र उद्देश्य समाान देखिन्छ । बाम तालमेल हुनुको कारण यहि होला । यसभित्र कुनै छलछाम र षड्यन्त्र छैन भने सम्भवत अवको बाटो मालेमाको उच्च प्रयोगसहित नेपाल र नेपाली चरित्र सुहाउदो समाजवाद स्थापनाको लागि गठबन्धन हुन जरुरी छदैँ छ ।

सम्बन्धित् समाचार  तालमेल र एकताका लागि ओलीले प्रचण्डलाई अनुरोध गरेपछि...

तर, नेपालमा २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको यो करिब ७० बर्षको यात्रा टुट, फुट र गुटको इतिहास नै बन्न पुग्यो । यो चरणमा धेरैचोटी धेरै नेताहरुलाई पुष्पलालदेखि केशरजङ्ग रायमाझीहरु, मदन भण्डारी, मोहन बैद्य, प्रचण्ड आदि नेताहरुले थुप्रै चोटि गद्धार, सीआइडि, आतंकवादी, भारतवादी, युरोपवादी, चीनबादी, नश्लवादी, दक्षिण पन्थी, लम्पसारवादी, भाले न पोथी वादी, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रवादी लगायत सयौँ हामीले हामीलाई लगाएका निमर्म आरोपहरुले हामीलाई आज गिज्याइरहेका छन् ।

मलाई लाग्छ कि तत्कालिन अवस्थामा लगाइएका आरोपहरु आ–आफुले नेतृत्व गरेका पार्टी, समुह वा गुटले लिएको लाइनलाई सत्य सावित गर्न प्रयोग गरिएका तमाम खालका हतकण्डाहरु हुन भन्ने लाग्छ । चाहे त्यो गुलेली खेलाउन नजान्ने माओवादीहरुलाई सखाप पार्न सरकारको आडमा गाउँ बस्ति सहरका गल्ली गल्लीमा खोजी खोजी एमालेका नेता कार्यकर्ताले सुराकी गरेर माओवादी नेता कार्यकर्तालाई हत्या गरिएको पिडा होस्, चाहे माओवादीको सुराकी गर्यो भन्ने आरोपमा माओवादीले रुकुमका यदु गौतम लगायत एमाले कार्यकर्ता सफाया गरेको विगतको इतिहास होस् । गठबन्धनमा सामेल नेता कार्यक्रता भोटरलार्ई समेत माथि उल्लोखित पिडाले पोलिरहेको छ । घोचिरहेको छ । यो वर्तमान सत्य नै हो ।

खासगरि शान्ति प्रक्रिाया स्थापना पछि एमाले माओवादीले एक अर्कालाई गरेका वैमानिहरु खासगरि कटवाल, पशुपति, राष्ट्रपति प्रकरणमा बेहोरेका निकै पेचिला पिडाहरु माधव नेपालको नेतृत्वमा रहेको सरकारले गरेका प्रतिगमनकाारी कदम र पछिल्लो स्थानिय निर्वाचन २०७४ रेणु जिताऔँ देखि देवी हराऔँ लगायत माओवादीले एमालेमाथि एमालेले माओवादीमाथी गरेको ब्यवहारको पिडाका भुतहरुले प्रचण्ड, केपी ओली, माधव नेपाल, बादल हरुलाई दिउसैँ झसङ्ग, झसङ्ग झस्काईरहेका छन् ।

हामी कार्यक्रताहरुको त कुरै छोडौँ । विभिन्न निर्वाचनको समयमा गाउँ घर शहर बजार र कुनै ब्यक्तिहरु खाली छैन् । कोहि चोखो छैन कि माओवादीले एमाले कार्यकर्ताहरुलाई र एमालले माओवादी कार्यकर्तालाई दिएका साना साना तर निकै पेचिला दर्दनाक पिडाहरुले एक अर्कालाई पिरोलि नै रह्यो । यहाँसम्म कि आज काका भतिजाा बिच, सासु बुहारी बिचमा बोली बाराबार छ । कहाँबाट कस्ले कसलाई के भनेर सिध्याउने उद्धेश्यले घाट थापेर बसिरहेको अर्को सत्य कुरा हो ।

सम्बन्धित् समाचार  एमालेदेखि कांग्रेस र विप्लवदेखि जनमोर्चाको मोर्चाबन्दी– जसरी पनि माओवादी हराऔं

अब बाम तालमेलको उद्देश्यलाई सभ्य रुपमा सफल र सार्थक बनाउन हामिले माथि उल्लेखित कुराहरुको जवाफ धुम्बराहि, पेरिसडाँडा, बालकोट वा लाजिम्पाटको कोठामा दिएर पुग्दैन । तसर्थ जवाफ विद्युतिय गतिमा छिटो भन्दा छिटो जवाफ तिन करोड नेपाली जनतालाई चित्त बुझ्नेगरि दिन नसकिएतापनि दसौँ लाख दुवै पार्टीमा रहेका पार्टी सदस्य र मतदातालाई दिनैपर्छ ।

यदि विषयवस्तुको गहिराईमा नपुगी बिच बाटोमै भजन किर्तन गाउने हो भने यो तालमेल भजन किर्तनमै सिमित रहनेछ । माथी चर्चा गरिसकिएको छ कि गाउँ गाउँ बस्ति बस्तिमा कुँडएका, थिचिएका तथा भाँचिएका करोडौ भावनाहरुलाई सहि समयमा मिलान गर्न र भावनात्मक सम्बन्धमा सबैलाई सबै प्रकारका आत्मसम्मान हुने विधि खोजि गरिएन भने यो बाम तालमेल एक दुःखद परिकल्पना हुन सक्दछ ।

यो विषयमा गठबन्धन भित्र रहेका सबै पार्टीका नेता कार्यक्रताहरुले गम्भिरतापुर्वक लिनैपर्छ । मन बचन कर्म सहि समयमा सहि ढङले मिलाउन सकिएन भने यसको फाइदा तेस्रो पक्षले लिने गठबन्धनका लागि निकै तितो सत्य हो ।

बाम गठबन्धनको उदेश्य पुरा गर्न:
१. एकैमञ्चबाट संयुक्त सम्बोधन गरौँ ।
२. एउटै टिम बनाएर चुनावी प्रचारमा जाऔँ ।
३. एउटै संयुक्त चुनाव परिचालन कमिटी बनाउने
४. एकअर्कालाई संयुक्त रुपमा भोट मागौँ ।
५. विगतका कमि कमजोरीहरुको सकारात्मक ढङ्गले पुनरमूल्याङकन गरौँ ।
६. एक अर्कामा रहेको असल सँस्कृतिलाई अनुशरण गरौँ, गलत आचरण र सँस्कृतिको आलोचना गरौँ ।
७. कला क्षमता र लगनशिलताको सम्मान गरौँ ।
८. २००६ सालदेखि अहिलेसम्मको आन्दोलनमा प्रयोग भएका वर्ग संघर्षका विधि प्रक्रियाहरुलाई वर्ग संघर्षका कडिका रुपमा दिने र मुलत जनवाद, समाजवाद हुँदै साम्यवाद सम्म पुग्न प्रयोग गरिएका प्रतिनिधि संघर्षहरुको कडिको रुपमा लिनुपर्छ ।

अन्त्यमा समृद्ध राष्ट्र, समाजवादी राष्ट्र, स्वास्थ्य, शिक्षा, रोजगारीले सम्पन्न भएको राष्ट्र निर्माण गर्न इतिहासले नेपाली कम्युनिष्टहरुलाई दिएको यो सुनौलो मौका हो । यसमा कोहि नचुकौँ । कोहि नझुकौँ । (लेखक थापा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य हुन ।)

सम्बन्धित् समाचार  संकटमा देउबा सरकार, माओवादीका मन्त्री हटाउन प्रधानमन्त्रीलाई ठूलो दबाब

कमेन्ट गर्नुहोस्