‘हुर्रे’ को फस्टलुक सार्वजनिक

57 पटक पढिएको

कार्तिक ११ । हालैमात्र नयाँ नेपाली चलचित्र ‘हुर्रे’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल र अंकित खडकाका क्यारेक्टर लुक्स देखाइएको छ ।

कमेडी जनरामा बनाइएको फिल्मको लेखन तथा निर्देशन यम थापाको रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ दोर्जे लामाको लगानी रहेको छ ।

प्रायः भिलेन चरित्रमा देखिँदै आएका अनुपविक्रम भने यसपटक केही भिन्न देखिएका छन् । उनी गेरुवा वस्त्र, रुद्राक्ष माला र कमन्डलु सहित देखिएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ‘छक्का–पञ्जा २’ को ‘म त यता किनारामा’ गीत सार्वजनिक (भडियोसहित)