गायक दर्पण राईको ‘तिमीलाई मनपराउनु गल्ती होइन’ गीत सार्वजनिक

78 पटक पढिएको

कार्तिक १२ । काठमाडौं ‘तिमीले बाटो फेर्यौ अरे’ पछि दर्पण राईको अर्काे ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’ गीत म्यूजिक भिडियो बागबजारको हेलो क्याफेमा पत्रकार सम्मेलन गरी संसारभरि युटुव च्यानलमार्फत रिलिज भएको हो ।

मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’ बोल गीतको भिडियो यु–ट्युबमा रिलिज गरिएको हो । गीत तथा भिडियो सार्वजनिक गर्दै दर्पणले भने, यो गीत पनि श्रोता र दर्शकले रुचाउछन् भन्ने अपेक्षा गरेको छु ।’

सार्वजनिक गीतमा मेगास्टार राजेशपायल राईको स्वर रहेको रहेको छ । महेन्द्र राईको संगीत रहेको यस भिडियोमा निराजन प्रधान र सम्झना राईका अलावा दर्पण राईको पनि अभिनय हेर्न सकिन्छ । सशांक काडेलले निर्देशन गरेको यस भिडियोलाई दर्पणलाई सस्पेन्सका रुपमा प्रस्तुत गरिएको छ ।

वान साइटेड लभस्टोरी प्ले गरिएको यस भिडियोलाई हरि हुमागाइाले खिचेका हुन् भने सम्पादन निशान भट्टराईको रहेको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस–

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मेलिना र मविन्द्रको ‘तर्की–तर्की’ गीतको बोलमा बरुण र अनुको रोमान्स (भिडियोसहित)