विराट कोहली सबैभन्दा छिटो ९ हजार रन बनाउने पहिलो खेलाडी

96 पटक पढिएको

काठमाडौं, कात्तिक १२ । क्रिकेटर विराट कोहली एकदिवसीय खेलमा सबैभन्दा छिटो नौं हजार रन बनाउने खेलाडी बनेको छन ।

भारतको कानपुरमा जारी भारत र न्यूजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेलमा भारतीय खेलाडी विराट कोहलीले एकदिवसीय खेलमा नौ हजार रन पूरा गरेका छन् ।

कोहलीले १९४ एक दिवसीय खेलबाट नौ हजार रन पूरा गरेका हुन् । यो सफलतासँगै उनी सबैभन्दा छिटो नौ हजार रन बनाउने खेलाडी बनेका छन । यसअघि यो रेकर्ड दक्षिण अफ्रिकाका एबि डिभिलियर्सको नाममा थियो । डिभिलियर्सले २०५ एक दिवसीय खेलबाट नौं हजार रन बनाउने यो रेकर्ड बनाएका थिए ।

योभन्दा पहिले सौरभ गांगुली, सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, राहुल द्रविड तथा अजरुद्धीनले पनि नौ हजार रन बनाएका थिए ।

पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३७ रन बनाएको छ । भारतका लागि रोहित शर्माले १३८ बलमा १४७ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पटका पड्काउँदा ३० जनाको आँखामा चोट