दीपिकाले राम्रो काम गरे भन्दै विराज र साम्राज्ञीले गरे तारिफ

84 पटक पढिएको

कात्तिक १५ । नेपाली चलचित्र ‘ऐश्वर्य’ को प्रदशनमै आएको दिन पत्रकारहरुलाई विशेष शो राखेपनि मंगलबार फेरि कलाकार र पत्रकारका लागि भन्दै विशेष शो राखेको छ । सुन्धारास्थित सिने डी सेफम चलचित्र भवनमा राखिएको सोमा कलाकार र पत्रकारको समेत बाक्लै उपस्थिती रहेको थियो ।

चलचित्र दर्शकले रुचाइरहेको अवस्थामा निर्माण युनिटसँग कलाकार र पत्रकारलाई चलचित्र हेराउने उदेश्यले राखिएको सोमा अभिनेता तथा निर्देशक भुवन केसी, विराज भट्ट, भुवन चन्द, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुपा राणा, निर्देशक दिनेश डिसी, मुस्कान ढकाल, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक हिमाल सागर, कलाकार विश्व बस्नेत, संविधानविद डाक्टर भीमार्जुन आचार्य, वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । चलचित्र हेर्ने अधिकांसले कलाकारको तारिफ गरे ।

रमेश उप्रेतीको प्रस्तुतिमा तयार भएको फिल्ममा उनिसंगै प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, बिकाश खतिवडा, तेन्जु योन्जन, केशब भट्टराई लगायतको अभिनय रहेको छ ।

– कार्यक्रममा अभिनेत भुवनले चलचित्रको मेकिङ बलियो पक्ष रहेको बताउँदै रमेशले आफुलाई राम्रो निर्माता हो भन्ने प्रमाणित गरेको र डेब्यु अभिनेत्री दीपिका र प्रशान्तले निकै राम्रो काम गरेको बताए ।

– विराज भट्टले राम्रो प्रतिक्रिया सुनेर उत्साहित हुँदै चलचित्र हेर्न आएको बताए ।

– साम्राज्ञी राज्यलक्ष्मी शाहले डेब्यु गर्ल दीपिकाले राम्रो काम गरेको बताउँदै केकीको अभिनय पनि राम्रो लागेको बताइन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  असोज ११ गतेबाट ‘छक्का–पञ्जा २’ प्रदर्शनको तयारीमा