भारतीय ऊर्जा केन्द्रमा विस्फोट, कम्तिमा २२ जनाको मृत्यु, ५७ घाइते

76 पटक पढिएको

लखनउ, कात्तिक १६ । भारतको उत्तर प्रदेशस्थित एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ (एनटीपीसी) ऊर्जा केन्द्रमा बुधबार विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५७ जना गम्भीर घाइते भएका छन्  ।

रायबरेली जिल्ला अधिकारी सन्जय खत्रीले २० जना मरेको पुष्टि गर्दै बाँकी अन्य ५७ जना घाइतेलाई अलग–अलग अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

बुधबार दिउँसो ५ सय मेगावट बिद्युत उत्पादनको लागि भुमिगत परीक्षण गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई दुई लाख क्षतीपुर्ति दिने घोषणा गर्दै घाइतेको उचित उपचार गर्न निर्देशन दिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत